Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीको कब्जामा

पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीको कब्जामा

  • 1.8K
    SHARES

  • पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीको कब्जामा

    प्रविण गाहा/गुल्मी,कार्तिक ९ ।

    प्रथम जुभूङ्ग खेलकुद महोत्सव अन्र्तगतको पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीले हात पारेको छ । 

    साविक खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको फाईनलमा न्यु हिमशिखर युवा क्लव बलिथुम लुम्पेकलाई हराउदै रिभर साईडले उपाधी संगै नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेको हो ।

    उपविजेता न्यु हिमशिखरले नगद १५ हजार रुपैयामा चित्त बुझाएको छ । दुई सेट लगातार जितेको रिभर साईडलाई उपाधी हात पार्न थप दुई सेट कुर्नु प¥यो । फाईनल भिडन्त अत्यन्तै रोचक बनेको थियो । स्थानिय क्लव समेत रहेको रिभर साईडले दर्शकले हुटिङ्गले थप हौसिएको थियो ।

    आयोजकलाई हराउदै दारी होटल आपचौर तृतीय भई सात हजार पाएको छ । खेलकुद महोत्सव अन्र्तगत पुरुष भलिवलमा ३९ टिमको सहभागिता रहेको थियो ।

    रिभर साईड युवा क्लवले स्थानिय स्तरमा हुने विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको क्लवमा क्याप्टेन तुल बहादुर गाहाले जानकारी दिनुभयो । स्थापनाकालमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको क्लवले करिव छ वर्ष पछि पुनः उपाधी हात पारेको हो । 
    गत भदौमा बलिथुमको थाक्सीपोखरामा भएको भलिवल प्रतियोगितामा पनि रिभर साईड उपविजेता बनेको थियो । 
    त्यस्तै खेलकुद महोत्सवमा महिला भलिवलको उपाधी लिम्घाको नमुना युवा क्लवले हात पारेको छ । उपविजेता बलिथुम युवा क्लव र शुभविहानी बलिथुम तृतीय भएको हो ।

    महोत्सवमा ब्याडमिन्टन, रसी तान्ने, भाले छोपाई, लङ जम्प, घैटो फोड, म्युजिकल चियर, स्लो बाईक रेस, दौड, नृत्य प्रतियोतिा, बेलुन फुटाई लगाएतका प्रतियोगिता भएको थियो । साथै निर्माता तिलक गाहाले बनाएको जुभूङ्ग सगै गुल्मीको विभिन्न स्थानमा छायांकन गरिएको गुल्मेली दाई चलचित्र च्यारिटी शो गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology