Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स लुमिनसद्वारा निःशुल्क मधुमेह परीक्षण तथा सचेतनामूलक कार्यक्रम

लायन्स लुमिनसद्वारा निःशुल्क मधुमेह परीक्षण तथा सचेतनामूलक कार्यक्रम

  • 2.8K
    SHARES

  • लायन्स लुमिनसद्वारा निःशुल्क मधुमेह परीक्षण तथा सचेतनामूलक कार्यक्रम

    बुटवल,कार्तिक ८ ।

    लायन्स क्लव अफ बुटवल लुमिनसले रुपन्देहीको देवदह–९ नागथानमा मधुमेहको निःशुल्क परीक्षण तथा सचेतना कार्यक्रम गरेको छ ।

    ‘माई लायन्स भिजेल’ का रुपमा ग्रहण गरेको देवदह नागथानका स्थानीयमा स्वास्थ्य सचेतना कार्यक्रम अन्तरगत मधुमेहको परीक्षण तथा सो बारे सचेतना कार्यक्रम गरेको हो ।

    कार्यक्रममा एक हजारबढीको मधुमेहको निःशुल्क परीक्षण गरिएको लायन्स क्लव अफ बुटवल लुमिनसका अध्यक्ष सविता भण्डारीले जानकारी दिनुभयो । स्थानीय स्तरमा स्वास्थ्य सचेतना बढाउने उद्देश्यले मधुमेहको निःशुल्क परिक्षण कार्यक्रम तथा स्थानीय विद्यार्थी, अभिभावक तथा शिक्षकका लागि सचेतना कार्यक्रम गरिएको भण्डारीले बताउनुभयो ।

    क्लवले दशै तिहारको अवसर पारेर नागथानका झण्डै तीन दर्जन महिला तथा बालबालिकाहरुलाई नयाँ कपडा समेत वितरण गरेको जनाएको छ । सो अवसरमा लायन्सका रिजनल चियर प्रशन सृष्टि गुरुङ्ग, देवदहका जनप्रतिनिधी देवी अधिकारी, टोल विकास समितिका अध्यक्ष विष्णुप्रसाद भट्टराई, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल, डाक्टर शान्ता शर्मा लगायतले दशै तिहार र छठ पर्वको शुभकामना दिनु भएको थियो ।  

    यसैबीच लायन्स क्लव अफ बुटवल लुमिनसले हिन्दु नेपालीका ठुला चाडपर्वहरु भित्रीएसँगै बुटवल देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमका असहाय तथा अपाङ्गता भएका बालबालिकाहरुलाई खाना खुवाएर खुशीयाली साटासाट गरेको छ ।

    आश्रमका अध्यक्ष रामबहादुर रामदामको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा आश्रमका ३० जना असहाय-अपाङ्गता भएका बालबालिकाहरुलाई खाना खुवाइएको आश्रमका सचिव बिमला गौतमले जानकारी दिनुभयो ।  सो अवसरमा लायन्सका अन्तराष्ट्रिय अध्यक्ष डगलेक्स एक्स एलेक्सजेण्डरको जन्मदिवसको शुभकामना तथा दशै, तिहारको पनि शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology