Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्घाखाँचीमा सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण,प्रशासनबाट हुने काम भने नरोकिने

अर्घाखाँचीमा सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण,प्रशासनबाट हुने काम भने नरोकिने

  • 2.9K
    SHARES

  • अर्घाखाँचीमा सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण,प्रशासनबाट हुने काम भने नरोकिने

    बुटवल,असोज १६- 

    अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    आजकाे नयाँ तथ्या‌ंक अनुसार प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना पुष्टि भएको हाे  । दुई जना स्वास्थ्यकर्मी र अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    पौडेलले पहिरो प्रभावितबाट पिडितहरूको उद्वारमा लाग्दा कोरोना संक्रमित भएको बताएका छन् ।  एक बिज्ञप्ती निकाल्दै उनले प्रशासनबाट हुने काम नरोकिने बताएका छन्  ।

    जिल्लामा हाल सम्म ४ सय ७ जना कोरोना संक्रमित मध्ये कोरोना निको भएर ३सय ८ जना डिस्चार्ज भएका छ्न् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology