बुटवल,कार्तिक ८ ।
भारतको जगन्नाथपुरीस्थित गोबर्द्धन मठका मठाधीश जगद्गुरु शंकराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपाल हिन्दुराष्ट्र भएरै छाड्ने उद्घोष गरेका छन् ।
‘नेपाल हिजो पनि हिन्दुराष्ट्र थियो र भोलिपनि हुनेछ,राजतन्त्र फालेर कम्युनिष्ट शासन ल्याउनु नै गलत भयो,अब गल्ती नगरौँ ।’-उनले भने ।
उनले नेपाल जबसम्म सुरक्षित हुन्छ तबसम्म भारत पनि सुरक्षित रहने बताए । रुपन्देहीको भैरहवामा आयोजना गरिएको धर्मसभालाई सम्बोधन गर्दै जगद्गुरु शंकराचार्यले सनातन बिधाबाटै अहिलेको विकास सम्भव भएको बताए । उनले नेपाल र भारत हिन्दुराष्ट्र बनाउनुपर्ने धारणा राखे ।
उनले नेपालका कम्युनिष्टहरु नेताहरु बाहिर नास्तिक देखिने र भित्रभित्रै आस्तिक रहेको भन्दै द्वेत चरित्र नदेखाउन आग्रह गरे ।
सनातन हिन्दु राष्ट्र नेपालको पहिचान संसारभर फैलाउनुपर्ने उनको भनाइ छ ।‘ धर्मनिरपेक्षता संभव छैन,कोही ब्याक्ति वा राष्ट्र निरपेक्ष नै रहदैन ।धर्मनिरपेक्षता त शब्द मात्रै हो यसको अर्थ छैन ।’ -उनले भने ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)