Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द रहेकाे अर्घाखाँची अस्पतालका सबै सेवा सुचारु 

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द रहेकाे अर्घाखाँची अस्पतालका सबै सेवा सुचारु 

  • 2.3K
    SHARES

  • स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द रहेकाे अर्घाखाँची अस्पतालका सबै सेवा सुचारु 

     अर्घाखाँची भदाै १४ ।

    अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी लाई कोरोना देखिएपछि बन्द गरिएको समपुर्ण स्वास्थ्य सेवा आजदेखि सुचारु भएको छ  । 
    अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबारदेखि इमरर्जेन्सी र  प्रशुति सेवा बाहेक सम्पुर्ण सेवा बन्द रहेका थिए । 

    आज देखि सम्पुर्ण सेवा खुलेका छन्  । लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाव संकलन गरि पठाइएको डाक्टर र स्वास्थ्यक्रमीको पिसियार रिपोर्ट नेगेटिभ आएकोले सम्पुर्ण सेवा आज देखि सुचारु भएको  अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । 

    आईतबार २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएको थियो ।  सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताउनु भयो  । अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology