Logo बिहिवार, आश्विन १ गते २०८३
images

डोल्पामा जीप दुर्घटना,चालकसहित ८ जना घाइते

डोल्पामा जीप दुर्घटना,चालकसहित ८ जना घाइते

  • 1.5K
    SHARES

  • डोल्पामा जीप दुर्घटना,चालकसहित ८ जना घाइते

    बुटवल,कार्तिक ७ ।

    हिमाली जिल्ला डोल्पामा जीप दुर्घटना भएको छ ।

    जीप दुर्घटनामा परी नौ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ। ठुलीभेरी नगरपालिका –९ भित्तिमा आइतबार दिउँसो ३ बजेतिर दुनै बजारबाट त्रिपुरा सुन्दरी नगरपालिका–१ सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जिप  स्टेरिङ फेल भई दुर्घटना भएको हो ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार जिप सडकबाट अन्दाजी १५ मिटर तल खसको छ ।  उक्त जिपमा सवार चालकसहित ९ जना घाइते भएको उनले बताए ।

    घाइते हुनेमा मकवानपुर जिल्ला हेटौंडा नगरपालिका –९ बस्ने वर्ष ३८ का बिष्णु श्रेष्ठ, वर्ष ३८ का अशोक सारुमगर, वर्ष २२ का बुद्धबीर लामा, वर्ष ३९ का सुरेश श्रेष्ठ, वर्ष ३८ का रमेश गौतम रहेका छन् । 

    यस्तै सोही नगरपालिका–१० बस्ने वर्ष ३६ को सुशीलराज गिरी, ९ बस्ने वर्ष ३१ का जीवन शर्मा, ७ बस्ने वर्ष ३८ का किरण अधिकारी र डोल्पाको ठुलीभेरी नगरपालिका ९ बस्ने वर्ष २० का चालक जुनकोष शाही  रहेका छन्। घर्तीकाअनुसार घाइते तीन जनाको अवस्था गम्भिर र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology