Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वस्थ जीवनको लागि खेलकुद महत्वपूर्ण छ : भुसाल

स्वस्थ जीवनको लागि खेलकुद महत्वपूर्ण छ : भुसाल

  • 2.5K
    SHARES

  • स्वस्थ जीवनको लागि खेलकुद महत्वपूर्ण छ : भुसाल

    कौरव खत्री/गुल्मी,कार्तिक ७ ।

    गुल्मीको मुसिकोट नगरपालिका २ भर्जुवा स्थित रहेको रेस्क्यु युथ क्लवले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर  खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

    कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूषालले खेलकुद स्वस्थ जीवनको लागि  पनि अतिआवश्यक महत्वपूर्ण रहेको बताउनु भयो ।त्यस्तै अधिकृत भूषालले सबै क्षेत्रमा अनुशासन महत्व रहेको बताउनु भयो ।

    साथै अधिकृत भूषालले खेलकुदको माध्यमले आपसी सम्वन्धलाई मजबुद बनाउन सकिने भन्दै अधिकृत भूषालले खेलकुद र कला संस्कृतिको संरक्षण र विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा पुरुष भलिवल प्रतियोगिता तर्फ सूर्योदय युवा क्लव मुसिकोट नगरपालिका ८ गुल्मी प्रथम,इन्द्र खाजाघर गलकोट बागलुङ द्धितीय भएको छ । भलिवल प्रतियोगितामा विजेता समूहलाई कप,मेडल,प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

    त्यस्तै खुल्ला रेकर्ड डान्सप्रतियोगिता तर्फ खड्कदेवी युवा क्लव मुसिकोट नगरपालिका २,गुल्मी प्रथम,अनुरोध युवा क्लव अरेवा द्धितीय,आयोजक रेस्क्यु युथ  क्लव तृतीय भएका छन् भने क्षेत्र बडिगाड ढाव र सम्झना नेपाली सान्त्वना भएका छन् ।प्रतियोगितामा विजेता समूहलाई नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

    साथै घैटोफोर प्रतियोगिता तर्फ विनोद नेपाली प्रथम भएका छन् । कार्यक्रममा ऐतिहासिक सराय नाच प्रतियोगिता सम्पन्न भएका थिए ।

    कार्यक्रममा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली,रुद्रावति प्राथमिक विद्यालयका प्रधानाध्यापक भेष बहादुर नेपाली,नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री,वडा सदस्य शान्ती नेपाली,लगायत चन्दादाता,सहयोगदाता,समाजसेवीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा आर्थिक सहयोगी,विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनु हुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम रेस्क्यु युथ क्लवका अध्यक्ष विजय रानाको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूषालको प्रमुख आतिथ्यता क्लवका सचिव अनिश नेपालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने पत्रकार दिपक नेपालीले गनुभएको थियो ।

    गत असोज ३० गते देखि शुरु गरिएको कार्यक्रम अविरल बर्षादले स्थगित भएको  कार्यक्रम यहि कार्तिक ५ गतेदेखि पुन सुचारु गरि शनिवार सम्पन्न गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology