Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

  • 1.2K
    SHARES

  • पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

    बुटवल,कार्तिक ७ ।

    पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ५६ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ भने ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ जना रहेका छन् । जसमध्ये ९ हजार ४२३ जना होम आइसोलेसनमा रहेका छन् भने ७७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७३ जना आईसीयू र ८५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology