Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पदको छिनोफानो आज   

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पदको छिनोफानो आज   

  • 2.8K
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पदको छिनोफानो आज   

    बुटवल,कात्तिक ७ ।

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन्। उनले आज दिउँसो १२ः३० मा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन्।

    उनले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबारको प्रदेश सभा बैठकमा प्रस्ताव पेस गरिसकेका छन्। प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ। 

    संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उनले प्रस्ताव पेस गरेका हुन्। सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन्। एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्।

    कुल ९३ सदस्य रहेको  प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।

    सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। विश्वासको मत नलिए अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी दिइसकेको गठबन्धनले नेकपा ९एकीकृत समाजवादी०का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology