Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले बुटवल १३ मा थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व

एमाले बुटवल १३ मा थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व

  • 2.9K
    SHARES

  • एमाले बुटवल १३ मा थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व

    बुटवल,कार्तिक ६ । 

    नेकपा एमाले बुटवल १३ को अधिवेशनले झबिन्द्र थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा शिबलाल उपाध्याय, सचिवमा जमुना सुवेदी, उप सचिबमा कमला पान्डे र सुर्य सुवेदी निर्वाचित भएका छन् । अधिवेशनले ४१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनको उदघाटन समारोहमा बोल्दै नेकपा एमाले केन्द्रिय प्रचार विभाग सदस्य डि आर घिमिरेले नेताले बाटो बिराएपनी कार्यकर्ता सचेत रहेकाले पार्टी बलियो रहेको बताए । 

    क्षेत्रीय संयोजक तेजेन्द्र केसीले विगतका वर्षमा पार्टीको नीति र सिद्धान्त बुझेका कार्यकर्ताको भिड जम्मा हुँदा समस्या रहे पनि अब प्रतिबद्ध कार्यकर्ताको सक्रियताले झन बलियो हुने बिश्वास ब्यक्त गरे । 

    जिल्ला कमिटी सदस्य मधुकला कुँवरले विगतको निर्वाचनबाट पाठ सिकेर पार्टीलाई नयाँ उचाईमा पुर्याउन सबैको सक्रियता आवस्यक रहेकोमा जोड दिइन् ।

    जिल्ला कमिटी सदस्य किसन ज्ञवालीले टोलदेखि केन्द्रसम्म नयाँ नेतृत्व चयन गरि पार्टीलाई देशभर बिजयी बनाइ मुलुकको शान्ती र समृद्धिको आकान्क्षा पूरा गर्नुपर्ने धारणा राखे। नेता योग गुरुङले संगठन मजबुद बनाउन सबैको एकता आवश्यक रहेको बताउँदै शाखा कमिटीलाई अझै सक्रिय बनाउनुपर्ने बताए।

    कार्यक्रममा पुर्ब अध्यक्षहरु मोहन गौडेल, भरतराज गौतम, नगर कमिटीका सचिबालय सदस्य शोभाखर पोखरेल, शाखा कमिटी निवर्तमान अध्यक्ष दिपक पन्थी, सचिब जमुना सुवेदी लगाएतले बोल्दै अब वडा सहित नगरलाई एमालेमय बनाउन सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology