Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

  • 2.0K
    SHARES

  • बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

    बुटवल,कार्तिक ६ । 

    बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ ।कार्तिक एक गतेदेखिको भारी वर्षासँगै आएको बाढीपहिरोमा परी ३३ जना अझै बेपत्ता छन् ।

    राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।

    प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।

    यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकरएक जना बेपत्ता भएका छन् ।

    साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना  र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

    list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology