Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आइपीएल : किंग्स ११ पञ्जावलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लियाे

आइपीएल : किंग्स ११ पञ्जावलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लियाे

  • 2.2K
    SHARES

  • आइपीएल : किंग्स ११ पञ्जावलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लियाे

    बुटवल,असोज १६-

    आइपिएलमा किंग्स ११ पञ्जावलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ।

    मुम्बईले पञ्जावमाथि ४८ रनको जित निकालेको हो। जितसँगै चार खेलबाट दुई जितसहित चार अंक जोडेको मुम्बई रनरेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सको पनि ४ अंक नै छ।

    अबुधावीमा बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन जोड्यो।पहिलो ओभरमै मुम्बईका क्वान्टन डे कक शून्यमा आउट भएका थिए। त्यसपछि रन सुस्त गतिमा बनाएको मुम्बईका कप्तान रोहित शर्माले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ  गरे। उनले ४५ बलमा ८ चौका र ३ छक्का हिर्काउदा ७० रन जोडे। इशान किसनले २८ रन बटुले। 

    पोलार्डको उत्कृष्ट ब्याटिङ :pollard.jpg1601599970.jpg

    मुम्बईको रन बढाउन केइरन पोलार्डले उत्कृष्ट ब्याटिङ गरे। नटआउट ४७ रन जोडेका उनले २० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले ११ बलमा ३ चौका र २ छक्का हिर्काउँदा नटआउट ३० रन जोड्न सफल भए। 

    १९२ रनको लक्ष्य पछ्याएको पञ्जावले ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्यो। यसका लागि मध्यक्रमका ब्याट्सम्यान निकोलास पूरनले ४४ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। 

    बलिङमा मुम्बईका जेम्स पाटिनसन, जसप्रित बुमराह र राहुल चाहरले २-२ विकेट लिए।  आइपिएलमा शुक्रबार चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आश्विन १६ २०७७०७:२०:२०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology