Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पछिल्लो २४ घण्टामा नेपालमा ४३८ कोरोना संक्रमित थपिए,८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ४३८ कोरोना संक्रमित थपिए,८ जनाको मृत्यु

  • 1.9K
    SHARES

  • पछिल्लो २४ घण्टामा नेपालमा ४३८ कोरोना संक्रमित थपिए,८ जनाको मृत्यु

    बुटवल,कात्तिक ६ ।

    पछिल्लो २४ घण्टामा नेपालमा ४३८ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ४ हजार ९७२ पीसीआर परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै १ हजार ९५९ एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ६ हजार ९३१ परीक्षणमा ५१३ संक्रमित भएका छन् । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ८ हजार ५३४ पुगेको छ ।

    २४ घण्टामा थप ८१७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ८६ हजार ६३० रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको छ भने २२२ जना क्यारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा ६३ हजार ७४ ले खोप लगाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology