Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाईओलीको निर्देशन

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाईओलीको निर्देशन

  • 2.2K
    SHARES

  • एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाईओलीको निर्देशन

    बुटवल,कात्तिक ६ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

    शनिबार देशैभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

    ‘वडा तहको अधिवेशनका लागि सबैलाई बधाई दिन चाहन्छु। ९ गते एकैदिन पालिकास्तरको अधिवेशन पनि सक्छौं,’ उनले भने, ‘त्यसपछि तपाईंहरु सबै राष्ट्रिय महाधिवेशनको तयारीका लागि आफ्नो ठाउँबाट जुट्नु होला।’

    अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशनको आवश्यक तयारीका लागि पार्टीको केन्द्रीय कमिटी बैठक कात्तिक १२ मा बोलाइएको भन्दै त्यसले ठोस छलफल गरेर अघि बढ्ने बताए।

    एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा आयोजना हुँदैछ। त्यसका लागि एमालेको स्थायी कमिटी बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिसकेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology