Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अहिलेको सरकारलाई आलटाल गर्ने कुनै छुट छैन : उर्जा मन्त्री वीरबहादुर राना

अहिलेको सरकारलाई आलटाल गर्ने कुनै छुट छैन : उर्जा मन्त्री वीरबहादुर राना

  • 1.8K
    SHARES

  • अहिलेको सरकारलाई आलटाल गर्ने कुनै छुट छैन : उर्जा मन्त्री वीरबहादुर राना

    बुटवल,कार्तिक ५ ।

    लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले सरकारलाई आलटाल गर्ने छुट नरहेको बताएका छन् । जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले भने- ‘जनताका अपेक्षा अत्यन्त ठूला छन् ,जनतालाई केन्द्रमा राखेका काम गरिरहेका छौँ । ’  ।

    राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई खवरदारी आवश्यक रहेको बताउँदै मन्त्री रानाले जनतालाई राजनीति तर्फ आक्रषण बढ्ने गतिविधि गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

    अहिलेको सरकार परिस्थिति जन्य रुपमा गठन भएको स्मरण गर्दै उनले उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको बताएका छन् । उनले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ काम गर्ने बताए ।

    रानाले वर्षाजन्य प्रकोपका कारण पिडित किसानहरुलाई प्रत्यक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको बताए । उनले बाढीबाट क्षति व्यहोरेकाहरुका किसानहरुका लागि सरकारले तत्काल राहत दिने समेत बताए ।

    साक्षात्कार कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईले लामो संघर्षबाट प्राप्त भएको संविधानलाई नै धरापमा पर्ने कोसिस विफल गराउन अग्रगामी शक्तिहरु सफल भएको बताए ।

    नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियालाई नियन्त्रण गर्ने गरी विगत सरकारले ल्याएको कानूनलाई वर्तमान सरकारले निरन्तरता दिन खोज्नु विडम्बनायुक्त भएको बताए । 

    नेपाल अमेरिका पत्रकार महासंघ नेजाका महासविच सुरज भण्डारीले पत्रकारिताले सरोकारवाला निकायको निरन्तर निगरानी गर्ने कार्यमा चुक्न नहुनेमा जोड दिए । उनले पत्रकारितालाई थप व्यवसायिक बनाउन आवश्यक रहेको बताए ।

    नेजाका महासचिव भण्डारीलाई सम्मान :

    suraj bhand.jpg

    नेजाको महासचिवमा निर्वाचित सुरज भण्डारीलाई बधाई सहित सम्मान गरिएको थियो । महासचिव भण्डारीलाई प्रमाणपत्र तथा खादाले सम्मान गरिएको हो ।

    साक्षात्कार कार्यक्रम क्लवका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology