Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढी पहिरोबाट देशभर मृत्यु हुनेको संख्या १०४ पुग्यो (विवरणसहित)

बाढी पहिरोबाट देशभर मृत्यु हुनेको संख्या १०४ पुग्यो (विवरणसहित)

  • 2.2K
    SHARES

  • बाढी पहिरोबाट देशभर मृत्यु हुनेको संख्या १०४ पुग्यो (विवरणसहित)

    बुटवल,कात्तिक ५ ।

    आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण १०४ जनाको मृत्यु भएको छ ।

    गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० जना घाइते र १३ जना बेपत्ता छन् । 

    यसैगरी प्रदेश २ मा १ जना बेपत्ता हुँदा बागमतीमा प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएका छन् ।  यसैगरी लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ को मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।यसैगरी सुदूरपश्चिममा ३१ जनाले बाढी पहिरोबाट ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् ।

    यस्तै २३ जना अझै बेपत्ता छन् । हालसम्म कुल घाइते ४१ र बेपत्ता पनि ४१ जना नै रहेका छन् ।  प्रहरीले प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको जनाएको छ ।badi a.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology