Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुस्मन देख्दैन् : घर्ती

नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुस्मन देख्दैन् : घर्ती

  • 2.2K
    SHARES

  • नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुस्मन देख्दैन् : घर्ती

    कौरव खत्री/बागलुङ,कार्तिक ४।

    बागलुङको गलकोट नगरपालिका १० मा  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । 

    नेपाली काँग्रेस वडा कार्य समिति पाण्डबखानीको आयोजनामा भएको विजया दशमी तथा शुभकामना दिपावली नेपाल सम्बत् एवम् छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तथा गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरले नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन नठान्ने बताए । उनले भने -‘दुश्मन त त्यो हो जो २००७ साल भन्दा अगाडि शाशन व्यवस्था हो  ।’

    २०६२-०६३ जनआन्दोलनहरूबाट प्राप्ति उपलब्धिलाई संस्थागत गर्दै नेपाली काँग्रेस जनता प्रतिको शत्रु गरिबी, अशिक्षा, रोग र शोक लाई अन्त्य गर्दै समाज रुपान्तरण गरि समाजवाद सम्म पुग्ने लक्ष्य रहेको बताए ।

    नेपाली काँग्रेस हिंसामा हैन विचारमा विश्वास गर्छ त्यसैले वैचारिक सैद्धान्तिक लडाइँका लागि काँग्रेसमा साधारण तथा क्रियासिल सदस्यता लिन जरुरी छ भन्ने बताए ।

    त्यस्तै कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद विक महाअधिवेशन प्रतिनिधि राधिका पुन, क्षेत्रीय प्रतिनिधि गिरिप्रसाद घर्ती, शिक्षक संघ जिल्ला सदस्य नवीन भावुक, शिक्षक संघ गलकोटका उपाध्यक्ष प्रकाश पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, नेपाल प्रेस युनियन जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि सुरेश छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए ।

    त्यस्तै सोहि कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य तथा जिल्ला सचिवको उम्मेदवार बसन्त कुमार श्रेष्ठले १४ ओेैं महाअधिवेसन सफल पारौ लेखेको टोपी वितरण गरिएको थियो ।

    कार्यक्रम नेपाली काँग्रेस वडा कार्य समितिका सभापति भक्त काउचाको सभापतित्व ,उपाध्यक्ष दिप घर्तिको स्वागत संगै सुरु भएको कार्यक्रमको संचालन सचिव कमल श्रीसले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology