Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पहिराेले अवरुद्ध पोखरा–स्याङ्जा सिद्धार्थ राजमार्ग शुचारू

पहिराेले अवरुद्ध पोखरा–स्याङ्जा सिद्धार्थ राजमार्ग शुचारू

  • 1.8K
    SHARES

  • पहिराेले अवरुद्ध पोखरा–स्याङ्जा सिद्धार्थ राजमार्ग शुचारू

    बुटवल,कार्तिक ४ । 

    अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सुचारू भएको छ ।

    उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः ३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालु पहाडमा आज बिहान ३ः ३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो । उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएको छ ।

    ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले झण्डै सात घण्टापछि सडक पूर्णरुपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । सडक अवरुद्ध हुँदा रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

    पहिराेले पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology