Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थनगरका १३ वटै वडामा एमालेले तोक्यो जिम्मेवारी

सिद्धार्थनगरका १३ वटै वडामा एमालेले तोक्यो जिम्मेवारी

  • 2.5K
    SHARES

  • सिद्धार्थनगरका १३ वटै वडामा एमालेले तोक्यो जिम्मेवारी

    बुटवल,कार्तिक ४ । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीले यही कात्तिक ६ गते हुने वडा अधिवेशनका लागि नगरका १३ वटै वडामा जिम्मेवारी तोकेको छ । एमाले सिद्धार्थनगर नगर कमिटी कार्यालयको बुधबार बसेको पूर्ण बैठकले अधिवेशनका लागि वडा समिति अध्यक्ष मण्डल गठन गरेको हो ।

    जसअन्तर्गत सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा धर्मराज गिरी, नर्जुन गुरुङ, उर्मिला कार्की थापालाई तोकिएको एमाले सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यले बताए ।

    त्यस्तै सिद्धार्थनगर–२ मा लाल मोहम्मद पठान, पम्फावती खनाल, दिपक कुमार थापा, प्रकाश मणि विश्वकर्मा, इन्दिरा क्षेत्री, वडा नम्बर ३ मा चोपलाल आचार्य, थानेश्वर पौडेल, माया कंडेल, प्रेम नारायण पाण्डे, अनिल कुमार ज्ञवाली, विजयलक्ष्मी रिजाल, ४ मा डिजाइन थापा, लक्ष्मी गुरुङ र मैना गुरुङलाई जिम्मेवारी दिइएको छ ।

    त्यसै गरी वडा नम्बर ५ मा चेत बहादुर क्षेत्री, ६ मा हितराज पन्थी, रण बहादुर कुंवर, विष्णु पन्थी, नसिवदार मुसलमान, ७ मा उमा अधिकारी, गोविन्द प्रसाद रेग्मी, नारायण प्रसाद भण्डारी, ८ मा विश्वराज बराल (अनुप), हरि प्रसाद अधिकारी, चक्र बहादुर थापा, धु्रव अधिकारी, ९ मा सन्देश चापागाई, डासुराम पाण्डे, लक्ष्मी पाण्डे, यादव प्रसाद आचार्य (वाई.पी.) र प्रभा पौडेललाई तोकिएको छ ।

    त्यस्तै वडा नम्बर १० मा राजेन्द्र प्रसाद पन्थी, शंकर मुराउ, ११ मा भरत कुमार पोखरेल, दिलिप यादव, अर्जुन गरी, १२ मा प्रेम कुमार सेञ्चुरी, घनेन्द्र विक्रम पाण्डे, कुमार गुरुङ तथा वडा नम्बर १३ मा जीवलाल अर्याल, नरेन्द्र भण्डारी, केदारराज राजभण्डारी र सतिष मर्सानीलाई तोकिएको छ ।

    गाउँपालिका तथा नगरपालिका अन्तर्गत वडा अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना, उपसचिव २ गरी पाँच सदस्यीय पदाधिकारीसहित बढीमा ३१ सदस्यीय कमिटी हुनेछ ।

    बैठकले राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनका लागि पाँच सदस्यीय समिति बनाएको छ । समितिको सदस्यहरुमा चोपलाल आचार्य, थानेश्वर पौडेल, चक्र बहादुर थापा, नारायण प्रसाद भण्डारी, कुमार गुरुङ र सीता काफ्ले रहेका छन् ।

    बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले पार्टीको विधान महाधिवेशनले एमाले फुटेको छैन भन्ने प्रमाणित गरेको बताए । उनले केही व्यक्ति अलिग्एको र एमाले जनताकै बीचमा रहेको दावी गरे । नेता गिरीले सरकार र पार्टीबीच समन्वय र सहकार्य हुनुपर्ने कुरामा जोड दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology