Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहिराेले पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध

पहिराेले पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध

  • 2.0K
    SHARES

  • पहिराेले पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध

    बुटवल,कात्तिक ४ ।

    अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानैदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।  पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।

    स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए ।

    पहिरो हटाउनका लागि पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology