Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही कांग्रेसद्वारा भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान

रूपन्देही कांग्रेसद्वारा भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान

  • 2.6K
    SHARES

  • रूपन्देही  कांग्रेसद्वारा भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान

    बुटवल,कार्तिक ३ ।

    नेपाली कांग्रेस रूपन्देहीले भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत् लगायतका चाडपर्वको अवसरमा बुधबार भैरहवास्थित पार्टीको कार्यालयमा कार्यक्रम गरेको हाे ।

    कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले पार्टीका संस्थापक विपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले यस वर्ष पनि निरन्तरता दिएको बताए ।congress.jpg

    उनले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र मेलमिलापको आवश्यक रहेको बताए । कार्यक्रममा कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा, सचिव रामकृष्ण खांण लगायतले बोलेका थिए ।

    कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता, सांसद, विभिन्न राजनीतिक दलका नेता लगायतको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology