Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीका पहाडी जिल्लामा लोकप्रिय सराँय नाँच बुटवलमा देखाइयो

लुम्बिनीका पहाडी जिल्लामा लोकप्रिय सराँय नाँच बुटवलमा देखाइयो

  • 2.0K
    SHARES

  • लुम्बिनीका पहाडी जिल्लामा लोकप्रिय सराँय नाँच बुटवलमा देखाइयो

    बुटवल,कार्तिक ३ ।

    पश्चिम नेपालको पहाडी जिल्लामा प्रचलित सराँय नाँच बुटवलमा देखाइएको छ । दशैंको कोजाग्रत पूर्णिमाका दिन लुम्बिनीका अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय बुटवल देविनगरमा नाँचिएको हो ।

    पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उद्धेश्यले बुटवलमा विगत सात बर्षदेखि सराय नाँच देखाउन थालिएको हो । तर गत बर्ष भने कोरोनाका कारण देखाइएको थिएन ।

    देविनगरको नवदुर्गा मन्दिर प्राङगणमा भाला, खुकुरी र बाजागाजासहित सरायँ नाँच देखाइएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले नागरिक अनलाइनलाई जानकारी दिए ।

    परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको  उनको भनाई  छ ।  गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन छ ।

    पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको छ । सरायँ हेर्नका लागि मानिसहरुको बाक्लो भिड लागेको थियो तर केहिबेर पानीले बिथोलिदिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology