Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीको सियारी गाउँपालिकामा मेलमिलाप प्रशिक्षण सुरू

रूपन्देहीको सियारी गाउँपालिकामा मेलमिलाप प्रशिक्षण सुरू

  • 2.2K
    SHARES

  • रूपन्देहीको सियारी गाउँपालिकामा  मेलमिलाप  प्रशिक्षण सुरू

    बुटवल,असोज १५ -

    रूपन्देहीको सियारी गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण सुरू गरिएको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गाउँपालिकाको आयोजनामा प्रशिक्षण तालिम सुरू गरिएको हो ।  

    समाजमा शान्ति सुराक्षा, सुब्यबस्था, अमन चयन, भाईचारा कायम गर्न मेलमिलाप सम्बन्धि तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने प्रदेश ५ का संसद तुल्सी प्रसाद चौधरीले कार्यक्रम उद्घाटन गर्दै बताउनु भयो । समाजमा हुने विवादलाई मेलमिलापका माध्यमबाट मिलाउन सके अदालत धाउनुपर्ने  समस्याको समाधान हुने र खर्च कम हुने उहाँको भनाई छ ।

    गाउँपालिकामा अहिले विवाद समाधानका लागि पक्ष विपक्षलाई राखेर जितजितको सिद्धान्तमा मेलमिलाप भैरहेको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताउनु भयो ।  

    संविधानमा व्यवस्था भए अनुसार स्थानीय तहहरु नगरपालिका तथा गाउँपालिकामा उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार भए अनुसार न्यायीक समिति मार्फत काम भैरहेको सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरूङले बताउनु भयो । गाउँपालिकामा कार्यविधि निर्माण पश्चात गाउँपालिका तथा वडा कार्यलयहरुमा मेलमिलाको कार्य भैरहेको उहाँले जानकारी दिनुभयो ।

    तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सिप, मेलमिलापको प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध तथा पाटो लगाएतका विषयमा  सहजीकरण गरिने प्रशिक्षक सुर्य अधिकारीले बताउनु भयो ।

    तालिम कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डको प्राविधिक सहयोग, निवार्णा लिगल एडभाइजर्स फोरमको समन्वय र सियारी गाउँपालिकाको आयोजनामा सुरू भएको छ । तालिम असोज २१ गते सम्म संचालन हुने छ । तालिममा ४० जनाको सहभागिता रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology