Logo बिहिवार, आश्विन १ गते २०८३
images

अविरल वर्षासँगैको बाढी-पहिरोले १८ जनाको मृत्यु,कैलालीमा ३०० घर प्रभावित

अविरल वर्षासँगैको बाढी-पहिरोले १८ जनाको मृत्यु,कैलालीमा ३०० घर प्रभावित

  • 2.0K
    SHARES

  • अविरल वर्षासँगैको बाढी-पहिरोले  १८ जनाको मृत्यु,कैलालीमा ३०० घर प्रभावित

    बुटवल,कात्तिक ३ ।

    अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशभर १८ जनाको मृत्यु भएको छ। वर्षाजन्य विपदबाट विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ। 

    महाशाख  प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ। 

    पहिरोमा परेर हुम्लामा ६ तथा बझाङमा २३ जना सम्पर्कविहीन रहेका जानकारी आएको महाशाखाका प्रमुख पाण्डेले बताए। यस्तै कैलालीमा पनि चार जना बेपत्ता भएका छन्।

    पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ सम्पर्कविहीन भएका हुन्। सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आएको छैन ।

    हुम्लाका प्रजिअ गणेश अचार्यका अनुसार खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा गए राति पहिरो झरेर एक घर पुरिएको र त्यहाँ रहेका छ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको छ।motipur ali.jpg

    कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढी, पहिरोका कारण चार सम्पर्कविहीन भएका र उनीहरुको खोजी जारी छ। जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए।

    विभिन्न जिल्लामा फसेका नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७ सय जनालाई उद्धार गरी सुरक्षित ठाउँमा पु¥याइएको गृहमन्त्रालयले जनाएको छ। 

    प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology