Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारसँग सहमतिपछि अधिकारकर्मी रुवी खानले ताेडिन अनसन

सरकारसँग सहमतिपछि अधिकारकर्मी रुवी खानले ताेडिन अनसन

  • 1.6K
    SHARES

  • सरकारसँग सहमतिपछि अधिकारकर्मी रुवी खानले ताेडिन अनसन

    बुटवल,कार्तिक २ ।

    बाँकेकी ननकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता भएको घट्नामा सरकारसमक्ष आवश्यक छानविनको माग गर्दै अनसन बसेकी महिला अधिकारकर्मी रुवी खानले अनसन ताडेकी छन्।

    सरकारसँग सहमति भएपछि आज गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हातबाट जुस खाएर खानले अनसन तोडेकी हुन्।

    बाँके जिल्लाबाट २० दिन लामो पैदलयात्रा गरी छानविनका लागि सरकारलाई दबाब दिन खानसहित महिलाहरुको टोली असोज २० गते काठमाडौं आइपुगेको थियो। उनीहरुले माइतीघर मण्डलामा लगातार धर्ना दिइरहेका छन्। यसबीच न्यायको माग गर्दै खान अनसन बसेकी थिइन्।

    अनसनरत खानसहितको महिला टोलीसँग आजै सरकारले सहमति गरेको हो। सहमतिपछि खानले धर्नास्थल माइतीघर मण्डलामै अनसन तोडेकी हुन्।

    गृह मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार मन्त्रालयले आवश्यक छानविनका लागि समिति गठन गरेको छ। उनले भने, ‘हामीले छानविन समिति बनाएका छौं। अलि चाँडो टिकट नपाएकाले पर्सीबाट छानविन सुरु गर्ने हाम्रो तयारी छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology