Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाँचवटा प्रदेशमा भारी वर्षा : महाकाली र कर्णालीमा पानीले खतराको तह पार गर्‍यो,जाेखिम कायमै

पाँचवटा प्रदेशमा भारी वर्षा : महाकाली र कर्णालीमा पानीले खतराको तह पार गर्‍यो,जाेखिम कायमै

  • 2.6K
    SHARES

  • पाँचवटा प्रदेशमा भारी वर्षा : महाकाली र कर्णालीमा पानीले खतराको तह पार गर्‍यो,जाेखिम कायमै

    बुटवल,कात्तिक २ ।

    देशका पाँच वटा प्रदेशमा अहिले पनि भारी बर्षा भैरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि  पानी परिरहेको हो । लगातार परेको पानीले महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढी आएको छ ।

    डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदी अन्तर्गत पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, प्युठान, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मी र म्याग्दीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ । भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

    water.jpg

    स्रोत : मौसम पूर्वानुमान महाशाखा

    यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । शनिवार रातीदेखि देशका विभिन्न ठाउँमा लगातारको बर्षाले जनजीवन प्रभावित भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology