बुटवल,कार्तिक १ ।
गृहमन्त्री बालकृष्ण खाँणले बुटवलको ज्योतिनगरमा खसेको पहिरोको अवलोकन गरेका छन् ।
मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका खाँणले सोमबार अपरान्ह बुटवलको ज्योतिनगर क्षेत्रको स्थलगत अवलोकन गर्दै पहिरोप्रभावितलाइ सरकारका तर्फबाट पूरापूर सहयोग रहने बताए ।
भूगर्भबिद्हरुको टाेलीले ज्योतिनगर क्षेत्रको अनुसन्धान गरिरहेको भन्दै उनले बुटवलको रक्षाका लागि पनि सरकारले जुनसुकै याेगदान गर्ने उल्लेख गरे । उनले यहाँका जनताको उचित ब्यबस्थापनका लागि स्थानीय,प्रदेश र संघीय सरकारका बिचमा समन्वय र सहकार्यमै काम गर्नुपर्ने बताए ।
‘तिनाउ दानव राेहिणीको संरक्षणका लागि हिजाे मै सिंचाइ मन्त्री हुदाँ पनि बजेट ल्याएर काम गरेको थिएँ,अहिलेको पहिराेबाट प्रभावितलाई सहज रुपमा बस्ने ब्यबस्था गरिने समेत बताए । मन्त्री खाँण पहिरो खसेको ४७ दिनपछि अवलोकन गर्न ज्योतिनगर पुगेका हुन् । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिबराज सुबेदीको समेत सहभागिता रहेको थियो।
साे अवसरमा बुटवल कांग्रेस नगर समितिले गृहमन्त्रीलाई जनताका एजेन्डा समेटिएको ज्ञापनपत्र बुझाएको थियो।
सो पहिरोले ५७ घरमा क्षति पुर्याएको थियो। अत्याधिक दोहनले क्षतबिच्छेद पारेको बुटवलको चुरे क्षेत्र चुरेमाथि डोजर लगाएका कारण पहिरोले बस्तीमा क्षति पुगिरहेको छ ।
१३ र १४ भदौको भारी वर्षापछि बुटवल, ज्योतिनगरमा पहिरो गएको थियो। चुरे क्षेत्रबाट आएको पहिरोले १० घरमा क्षति पुर्यायो भने ६० भन्दा बढी घरमा लेदो पसेको थियो। २३ वर्षपछि ज्योतिनगरमा चुरेको पहिरो जाँदा ५७ घरमा क्षति पुगेको छ।
चुरे पहिरोले ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा थप क्षति हुने सम्भावना बढी छ।
२०५५ सालमा पहिरो गएपछि जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रबाट बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो। संरक्षणभन्दा बढी चुरेको अतिक्रमण र यस क्षेत्रमा मानव निर्मित संरचना बन्न थालेपछि पहिरोको जोखिम बढ्न थालेको छ।
यस्तै एमाले उपमहासचिव विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीले पनि पहिराे खसेकाे एकहप्ता बितेपछि मात्रै भदाै २१ गते अवलोलन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)