बुटवल,कार्तिक १ ।
गृहमन्त्री बालकृष्ण खाँण गृहजिल्ला रुपन्देही आइपुगेका छन् ।उनी आज ४ वटा कार्यक्रममा सहभागिहुने कार्यतालिका छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा २९ असारमा गृहमन्त्री नियुक्ति भएपछि उनी गृहजिल्ला आएका थिएनन् ।
खांण गृहमन्त्रीको हैसियतमा पहिलोपटक गृह जिल्ला रुपन्देही आएका हुन् । उनलाइ भैरहवा गाैतमबुद्ध बिमानस्थलमा नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।
स्वागतका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,प्रदेश सरकारका मन्त्री डिल्ली चाैधरी लगायत नेताकार्यकर्ताको भीड लागेको थियो । 
भारी बर्षाका कारण करिब ३ घण्टा उडान प्रभाबित भएको थियो । कांग्रेस रुपन्देहीले अहिले भैरहवामै मन्त्री खाँणलाई बधाई तथा सम्मान कार्यक्रम गर्दैछ ।
यस्तै गृहमन्त्री खाँणले बुटवल ज्याेतिनगर पहिराे अवलाेकन गर्ने कार्यक्रम छ । उनी त्यसपछि नेपाली कांग्रेसका स्वर्गिय नेता प्रेम खरेलको शोक सभामा सहभागि हुनेछन् । स्व खरेलको तिलोत्तमा ४ स्थित घरमा शोकसभा हुने सचिव रामकृष्ण खाँणले जानकारी दिए ।
खरेलको असोज २३ गते उपचारको क्रममा भारतमा निधन भएको थियो ।
यी पनि पढौँ :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)