Logo बिहिवार, आश्विन १ गते २०८३
images

इंग्लिस प्रिमियर लिग : न्युकासल युनाइटेडविरुद्ध टोटेनहमको जित

इंग्लिस प्रिमियर लिग : न्युकासल युनाइटेडविरुद्ध टोटेनहमको जित

  • 1.6K
    SHARES

  • इंग्लिस प्रिमियर लिग : न्युकासल युनाइटेडविरुद्ध टोटेनहमको जित

    बुटवल,कार्तिक १ । 

    इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटेनहम हट्सपरले न्युकासल युनाइटेडलाई पराजित गरेको छ। न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा टोटेनहमले सुरुवाती अग्रता उल्ट्उँदै ३–२ को जित हात पारेको हो।

    खेलको दोस्रो मिनेटमा नै घरेलु टोली न्युकासलले अग्रता लिएको थियो। जाभिएर मान्किलोको क्रसमा क्यालम विल्सनले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। 

    खेलको १७ औं मिनेटमा टांगी एन्डोम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले सर्जियो रेगुइलोनको पासमा गोल गरेका थिए।
    खेलको २२ औं मिनेटमा ह्यारी केनले  गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। पिएर एमिल होएबिएरकोे पासलाई सदुपयोग गर्दै केनले गोल गरेका थिए।

    पहिलो हाफको इन्जुरी समयमा ह्युङ मिन सनले केनको क्रसमा गोल गर्दै टोलीलाई ३–१ को स्थितिमा पुर्याए। खेलको ८३औं मिनेटमा न्युकासल १० खेलाडीमा सीमित बन्यो। मिडफिल्डर जोन्जो सेल्भी खेलको व्यक्तिगत दोस्रो पहेँलो कार्ड पाएसँगै मैदान छाड्न बाध्य भएका थिए।

    खेलको ८९ औं मिनेटमा न्युकासल गोल फर्काउन सफल भयो। जेकब मर्फीको फ्रिकिक टोटेनहमका डिफेन्डर एरिक डाएरलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो।

     जितसँगै टोटेनहम अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। टोलीको ८ खेलमा १५ अंक छ। पराजित न्युकासल भने ८ खेलमा ३ अंकसहित पुछारमा छ। यस सिजन न्युकासलले कुनै खेलमा जित हासिल गर्न सकेको छैन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology