Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सराेकारवाला भन्छन्-‘ कोभिड -१९ ले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे नेपाल सरकार बेखबर’ !

सराेकारवाला भन्छन्-‘ कोभिड -१९ ले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे नेपाल सरकार बेखबर’ !

  • 3.2K
    SHARES

  • सराेकारवाला  भन्छन्-‘ कोभिड -१९ ले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे नेपाल सरकार बेखबर’ !

    बुटवल,असोज १५ -

    कोभिड १९ ले शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार चिन्तित नभएको सरोकारवालाहरुले औल्याएका छन ।उनीहरुले सरकार वा राज्य संचालकहरु मुलुकको शिक्षालाई कसरी संचालन गर्ने भन्ने योजना नै दिन नसकेको भन्दै लाखौ विद्यार्थीको भविष्यको वारेमा गम्भिर हुन नसक्नु चिन्ताको विषय भएको ठहर गरेका छन ।

    अभिभावक संघ रुपन्देही र  नेपाल अभिभावक महासंघ प्रदेश  ५ को सम्युक्त आयोजनामा  विहिवार बुटवलमा भएको सकिाई सहजिकरणका लागि अभिभावक शिक्षा विषयक कार्यक्रममा वोल्ने वक्ताहरुले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई  स्वयम सरकारले नै पालना गराउन नसकेको र सरकार नै सिकाई निर्देशिकाको सवालमा अन्यौलमा रहेको टिप्पणी गरेका थिए ।

    सरकारले जारी गरेको सिकाई निर्देशिकालाई कहिले सरकारका शिक्षा मन्त्रीले पालना गर्न भन्ने कहिले  त्यस्लाई ततकाल संचालन नगर्न निर्देशन गर्ने गरेकाले शिक्षा क्षेत्रमा थप अन्यौल बढेको उनिहरुले गुनासो गरेका छन ।

    कार्यक्रममा रुपन्देही  जिलला शिक्षा विकास समन्वय ईकाईका प्रमुख दिपेन्द्र ढकालले राम्रो  विद्यालय र असल विद्यार्थी उत्पादन गर्न अभिभावकको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । विगत ७ महिना देखि अवरुद्ध सिक्ने सिकाउने शैक्षिक प्रणालीलाई सिकाई निर्देशिकाले लगानी कर्ता, र विद्यार्थीलाई समेत राहात पुग्ने समेत उहाँले बताउनुभयो ।

     कार्यक्रममानेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभा भण्डारीले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई व्यवहारमा पालना गर्न र प्रभावकारी रुपमा कार्यान्वयन गराउने सवालमा सरकारी पक्ष गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो ।

    कार्यक्रममा  अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले राज्य संचालकहरु मुलुकको शैक्षिक उन्नतीका सवालमा  कती पनि जिम्मेवार नभएको ठिप्पणी गर्नुभयो । सरकार कोभिडले थला परेको ७ महिना पुग्दा पनि मुलुकको शैक्षिक प्रणालीलाई कसरी संचालन गर्ने भनी ठोस नीती बनाउनु नसक्नु चिन्ताको विषय भएको अध्यक्ष पाठकले  बताउनु भयो ।

    अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमा शिक्षा पत्रकार समुहका केन्द्रिय उपाध्यक्ष कृष्ण मल्ल, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल,नेपाल शिक्षक संघका रुपन्देही अध्यक्ष कूल प्रसाद लामिछाने, प्याप्सन रुपन्देहीका अध्यक्ष लेखनाथ  पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका सचिव विष्णुहरि ज्ञवाली, रुपन्देही उद्योग संघका उपाध्यक्ष माधव पौडेल अभिभावक संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नित्यानन्द ज्ञवाली, नेपाल अभिभावक महासंघ प्रदेश  ५ संयोजक हेमबहादुर थापाले शिक्षा क्षेत्र तीन तहका सरकारले अस्तव्यस्त बनाएको गुनासो गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology