बुटवल,कार्तिक १ ।
दशैं मनाउन गाउँघर गएका सर्वसाधारण धमाधम कर्मस्थलतिर फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् ।
यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् । दशैं मनाएर फर्कनेको बुटवल बसपार्कमा भिडभाड देखिन्छ।
बुटवलमा दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो देखिएको छ । बुटवलमा सरकारी कार्यालयहरू, औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।
बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ । दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म (भाेली )दसैँको टीका लगाउने चलन छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)