Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा एकीकृत समाजवादीको सम्मानित नेता बने झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीको सम्मानित नेता बने झलनाथ खनाल

  • 2.6K
    SHARES

  • नेकपा एकीकृत समाजवादीको सम्मानित नेता बने झलनाथ खनाल

    बुटवल,असाेज ३१ ।

    नवगठित नेकपा एकीकृत समाजवादीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ ।  यसअघि नेता खनाललाई वरिष्ठ नेता भन्दै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशनमा नेता खनाललाई सम्मानित नेताको दर्जा दिएको हो ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य संख्या विस्तार गर्दै गरिएको कार्यविभाजनमा खनाल विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

    पार्टीले पार्टीको केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    नेताहरू मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई क्रमशः उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग,घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज,केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईले महिला फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    त्यसैगरी महासचिव डा. बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    गत असोज ५–७ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठक र असोज २१ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै उनीहरूको कार्यविभाजन समेत गरेको हो । यसअघि १३५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै ३ सय ३५ सदस्यीय बनेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology