Logo बिहिवार, आश्विन १ गते २०८३
images

साफ च्याम्पियनसिप : नेपाल उपविजेतामा सिमित,उपाधि भारतलाइ

साफ च्याम्पियनसिप : नेपाल उपविजेतामा सिमित,उपाधि भारतलाइ

  • 1.6K
    SHARES

  • साफ च्याम्पियनसिप : नेपाल उपविजेतामा सिमित,उपाधि भारतलाइ

    बुटवल,असाेज ३१ ।

    पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३–० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ ।

    नेपाल उपविजेतामा सिमित रहृयो ।माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो ।

    खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।

    नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।साफ च्याम्पियन बनेको भारत आठौं पटक हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology