Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बडादसैँमा सुनसान प्रायः बनेको बुटवलमा चहलपहल बढ्दाे

बडादसैँमा सुनसान प्रायः बनेको बुटवलमा चहलपहल बढ्दाे

  • 2.0K
    SHARES

  • बडादसैँमा सुनसान प्रायः बनेको बुटवलमा चहलपहल बढ्दाे

    बुटवल,असोज ३० । 

    बडादसैँमा सुनसान प्रायः बनेको बुटवलमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । 

    दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ ।

    बुटवलमा दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ  । पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।

    तुलनात्मक रुपमा आज डकमा सवारी साधन बाक्लो सङ्ख्यामा चलेका देखिन्छन् ।  टीकाको पहिलो दिनभन्दा आज केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ । 

    दशैँमा शहर छाडेर गाँउ जानेहरूका कारण सुनसान बन्यो बुटवल (फाेटाेफिचर)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology