Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि,स्वास्थ्य अवस्था सामान्य

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि,स्वास्थ्य अवस्था सामान्य

  • 4.7K
    SHARES

  • कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि,स्वास्थ्य अवस्था सामान्य

    बुटवल,असोज १५ - 

    कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिए ।

    प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।


    प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव चुडामणि कलौनीले बताए । ‘हाल प्रदेश प्रमुख ज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बस्नुभएको छ ।’

    प्रेदश प्रमुखको सचिवालयका अनुसार एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँचजना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीनजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

    एकपछि अर्को कर्मचारीमा संक्रमण देखिन थालेपछि बुधबार बिहान प्रदेश प्रमुख कलौनीसहित कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरिएको र बिहीबार प्रदेश प्रमुखसहित ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

    karnali-pradesh.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology