Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

  • 1.3K
    SHARES

  • नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

    बुटवल,असोज ३० । 

    नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् ।

    यही अवधिमा ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७‍।०३ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ ।

    देशभर १२ हजार ५९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसन, १ हजार ५४ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology