Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट लगाइन् दशैँको टीका

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट लगाइन् दशैँको टीका

  • 2.3K
    SHARES

  • राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट लगाइन् दशैँको टीका

    बुटवल,असाेज २९।

    राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले  राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् । 

    सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् ।

    यो पटक महामारीको जोखिमलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइदिइनन् । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology