Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलबाट गुल्मी तम्घास हिडेँको जीप दुर्घटना ३ जनाको मृत्यु,६ जना घाइते

बुटवलबाट गुल्मी तम्घास हिडेँको जीप दुर्घटना ३ जनाको मृत्यु,६ जना घाइते

  • 5.2K
    SHARES

  • बुटवलबाट गुल्मी तम्घास हिडेँको जीप दुर्घटना ३ जनाको मृत्यु,६ जना घाइते

    बुटवल,असाेज २९ ।

    बुटवलबाट गुल्मी तम्घासका लागि छुटेको जीप रेसुंगा नगरपालिकामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइतेभएका छन् ।

    लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । 

    दशैंका लागि जाँदै गरेकाहरु यात्रुहरू चढेको जीप दुर्घटनामा परेको हाे । साे दुर्घटनामा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा जिप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा छन् ।

    यसैगरी मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी पनि दुर्घटनामा घाइते भएका छन् ।घाइतेहरुमध्ये खु्ट्टामा चोट लागेका राजु थापा डिस्चार्ज भएका छन् भने अन्यलाई पाल्पाको प्रभासमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology