Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

    बुटवल ,असोज २८ ।

    नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

    देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

    यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology