Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा ३६५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

२४ घण्टामा ३६५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • २४ घण्टामा ३६५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

    बुटवल,असोज २७।

    गत २४ घण्टाभित्र नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयका अनुसार कूल पाँच हजार ५९४ जनाको नमूना परीक्षण गर्दा ३६५  जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३२६ र एन्टिजेन विधिबाट ३९ संक्रमित पहिचान भएका थिए।

    उक्त अवधिमा कूल तीन हजार ६७१ पीसीआर र एक हजार ९२३ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।   गत २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology