Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड’

‘रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड’

  • 1.9K
    SHARES

  • ‘रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड’

    बुटवल, असोज २७ ।

    नेपाल उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश कमिटी र रुपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा बडा दसैंकोे शुभकामना आदानप्रदान र समयसामयिक विषयमा हालै बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ ।

    बडा दसैैंकोे अवसर पारेर गरिएको उक्त संयुक्त कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योेग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले समृद्धि र खुशहालीकोे राष्ट्रिय संकल्पलाई साकार पार्ने भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

    रोजगारीको सिर्जना, उत्पादनमूलक क्षेत्रको विस्तार र सक्रियता, लगानीमैैत्री वातावरण र निर्यात प्रवद्र्धन नै मुलुकको प्रमुख लक्ष्य भएको भन्दै पार्टीका नेता तथा पूर्वमन्त्री गिरीले पार्टीका नीति र सिद्दान्तपनि त्यसैमा केन्द्रित रहेकोे बताउनुभयो ।

    नेकपा एमालेमा आश्था राख्ने उद्योगी, उद्यमी, व्यवसायी तथा विभिन्न पेशा प्रतिष्ठानमा सम्बद्ध रहेका उद्योगी–व्यवसायीहरुकोे छाता संगठनका रुपमा उद्योग व्यवसाय महासंघ रहेकोे छ । सोेही महासंघकोे प्रदेश कमिटी र रुपन्देही जिल्ला कमिटीले संयुक्त रुपमा शुभकामना आदानप्रदान, अन्तरक्रिया र सम्मान कार्यक्रमकोे आयोजना गरेका थिए ।

    उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज दधिराम न्यौपाने, राष्ट्रियसभा सदस्य तथा एमाले नेता गोपाल भट्टराई, संविधानसभा सदस्य तथा एमाले नेता नेत्र पन्थी, एमाले नेता तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उत्पादनमूलक क्षेत्रमा ध्यान दिन र व्यापक रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुन महासंघलाई आग्रह गर्नुभएकोे थियोे ।2.jpg

    एमालेका जिल्ला नताहरु तेजेन्द्र के.सी, गोपाल राना, महासंघका सहसंयोजक भास्कर काफ्ले, जिल्ला इन्चार्ज मोतीलाल पाण्डेयलगायतले महासंघको संस्थागत विकास, संगठन विस्तार, सुदृढिकरण र लगानीमैत्री वातावरण निर्माणका लागि एकताबद्ध अभियान र सहकार्यकोे खाँचोे रहेकोमा जाड दिनुभएकोे थियो ।

    शुभकामना आदान प्रदानसंगै भएको अन्तरक्रियामा सहभागी विभिन्न पेशा, व्यवसाय तथा प्रतिष्ठानमा आवद्धहरुले महासंघकोे संगठन विस्तार, व्यवसाय प्रवद्र्धन र व्यवसायिक सुरक्षाका लागि एकताबद्ध बन्नुपर्नेमा जोड दिनुभएकोे नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला अध्यक्ष बालाराम भट्टराईले बताउनुभयो । उद्योेगी तथा समाजसेवीहरु बाबुराम भट्टराई, एजाज आलम, खेमप्रसाद लुइँटेल, सागर अधिकारी, माधव पौडेल, अनिलकुमार ज्ञवाली, समुन्द्र जिसी, कृष्णप्रसाद घिमिरे, जीवनकुमार बञ्जाडे तथा माधवकुमार खनाललगायतले व्यवसायिक क्षेत्रका समस्या, सम्भावना र त्यसमा पार्टीकोे भूमिकाका बारेमा धारणा राख्नुभएको थियोे ।

    महासंघका लुम्बिनी प्रदेश संयोजक माधव नेपालको अध्यक्षतामा भएको कार्यक्रमकोे संचालन महासंघका प्रदेश सचिव केशवराज पन्थीले र धन्यवाद उपाध्यक्ष नारायणप्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत तथा विषय प्रवेश गराउँदैैै महासंघका जिल्ला अध्यक्ष बालाराम भट्टराईले कोेरोना भाइरसको विश्वव्यापी महामारीले थलिएको अर्थ व्यवस्थालाई पुनःउत्थान गर्न जरुरी रहेको बताउनुभयो । साथै यसको प्रभावले समस्याग्रस्त उद्योगी व्यवसायीहरुलाई राहत र सहुलीयतको खाँचोे रहेकोे उहाँको भनाई थियो ।

    महामारीले अति प्रभावित भएका सार्वजनिक यातायातको क्षेत्र, पर्यटन तथा सेवामूलक व्यवसायका क्षेत्रलाई नोक्सानीको मूल्यांकनका आधारमा राज्यले नै विशेष राहत प्याकेजको घोषणा गर्न महासंघल माग गर्दै आएकोे छ । लगानीकर्तालाई आकर्षित र सुरक्षित अनुभूति गराउन सहुलीयतपूर्ण लगानी प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउनुपर्नेमा महासंघको जोेड रहेको छ ।

    साथै बैक तथा वित्तीय संस्थाले विभिन्न शिर्षकमा लिनेगरेका सेवा शुल्कलाई पुनरावलोकन गर्न महासंघले माग गर्दै आएको कार्यक्रममा जानकारी गराइएकोे थियोे । एकातिर न्यून बिजकीकरणको मार र अर्कोतिर भन्सार मूल्याकंन तथ्यपरक नहुँदा व्यवसायीहरुले झेल्नुपरेका समस्या एवम् राज्यले व्यहोर्नु परेको आर्थिक नोक्सानीलाई यथाशीघ्र समाधानको लागि पहल गर्न ढिलाई भइरहेको महासंघका प्रदेश अध्यक्ष नेपालको भनाइ छ ।

    उहाँले घरबहाल सम्बन्धी नीतिलाई व्यवहारिक र वैज्ञानिक बनाइ प्रभावकारी एवम् पारदर्शी रुपमा कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयोे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology