Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

  • 1.4K
    SHARES

  • मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

    बुटवल,असाेज २६ ।  

    मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

    सुर्खेतबाट मुगुका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा हुँदा २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।घटनास्थलमै १६ पुरूष, ७  महिला र १  बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    घटनास्थलमा २४ जनाको मृत्यु भएको थियो भने थप  चार जनाको उपचारका लागि नेपालगञ्ज लैंजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।सुर्खेतबाट छुटेको उक्त बस मुगुको छायानाथ रारा नगरपालिका वडा नं. ७ पिनाटपाने खोलामा दुर्घटना हुँदा चालकसहित २८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घाइते मध्ये थप १५ जनालाई थप उपचारका समिट एअर र नेपाली सेनाको हेलिकप्टर मार्फत बाँके लगिएको प्रहरीले जानकारी दिएको छ ।  

    घाइते मध्य एक जना सामान्ने अवस्थाकी बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले बताएको छ ।बसमा करिब ५० जना जति यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

    यसैबीच तीन जनाले बसबाट  हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । दूर्घटना स्थल भन्दा केही पर मात्रै थप  २ जना ओर्लिएको पनि प्रहरीले जानकारी दिएको छ ।दूर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन २६ २०७८०७:५६:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology