Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल मोतिपुरको कर्फ्‍यू आज राति १२ बजे देखि हट्ने

बुटवल मोतिपुरको कर्फ्‍यू आज राति १२ बजे देखि हट्ने

  • 2.5K
    SHARES

  • बुटवल मोतिपुरको कर्फ्‍यू आज राति १२ बजे देखि हट्ने

    बुटवल,असाेज २६ । 

    बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज राति १२ बजे देखि हटाउने भएको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्‍यू रातिको १२ पछि हटाइने जनाएका छन्।

    बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप हुंदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु र प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्‍यू लगाइएको थियो ।

    कर्फ्‍यू लगाइएको तेस्रो दिनमा त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ । कर्फ्‍यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ ।245101665_886620041975601_1205225064371870150_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology