Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस सभापति देउवालाइ प्रकाशमानको कडा टीप्पणी भने- ‘इनफ इज इनफ !’

कांग्रेस सभापति देउवालाइ प्रकाशमानको कडा टीप्पणी भने- ‘इनफ इज इनफ !’

  • 6.9K
    SHARES

  • कांग्रेस सभापति देउवालाइ प्रकाशमानको कडा टीप्पणी भने- ‘इनफ इज इनफ !’

    बुटवल,असाेज २६ । 

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाएर पनि काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

    बुटवलमा नेपाली कांग्रेसले गरेको कार्यकता भेलालाइ सम्बोधन गर्दै पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे ।

    कांग्रेस सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राख्दै पूर्व उपप्धानमन्त्री समेत रहेका श्रेष्ठले सबै अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान गाएर पदमै राख्न खोज्नु गलत हुने टीप्पणी गरे ।

    युवाहरुले आनदोलनका बेला ‘इनफ इज इनफ’ भन्ने गरेको स्मरण गर्दै कांग्रेस पार्टीको नेतृत्वलाइ पनि ‘इनफ इज इनफ’ भन्नुपर्ने बेला आएको तर्क गरे ।

    पार्टीको सभापति बन्न सक्षम छु :

    उनले पार्टीको १४ औं महाधिवेशनमा पार्टी सभापतिबाट पछि नहट्ने दोहोर्याए ।कांग्रेसका पूर्व महामन्त्री समेत रहेका प्रभावशाली नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दैअब पछि नहट्ने बताएका हुन्।

    उनले आमजनताको दुःखमा मलमपट्टी लगाउनको लागी भएपनि आफू कांग्रेस सभापति बन्नु पर्ने बताए। नेता सिंहले १३ औँ महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए। नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई पार्टीमा राख्न नहुने दाबि गरे ।prakash man.jpg

    ‘नेपाली काँग्रेस सधैं जनताका लागी काम गर्दै आइरहेको छ । तर वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधी गरिरहेको छ । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ’ उनले भने ।फरक प्रशंगमा  सिंहले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताए। उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यर्थाथ कुरा बताउनुपर्ने सिंहको जोडि थियो।

    उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताए । नेता सिंहले रुपन्देहीको बुटवल मोतिपुरमा भएको गोलीकाण्डमा सरकार चुकेको बताए । जनताको जीउधनको रक्षा गर्ने सरकारको दायित्व भएको उनको भनाइ छ । कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब गंगा पन्थीले गरेकी थिइन्् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology