Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज नवरात्रको सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै

आज नवरात्रको सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै

  • 4.8K
    SHARES

  • आज नवरात्रको सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै

    बुटवल,असाेज २६ ।

    आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याई मनाइँदै छ ।आज अधिष्ठात्री देवी कालरात्रिको पूजा गरिन्छ।

    शास्त्रमा देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्गयुक्त डरलाग्दो स्वरूप भएकी, शिरको कपाल बिग्रिएको, गोला र ठुला त्रिनेत्र भएकी तथा मस्तकमा अर्ध चन्द्र भएकी स्वरूपको उल्लेख गरिएको छ। उनको श्रद्धा एवं भक्तिले कुनै पनि प्रकारबाट आतङ्कित या भयभीत हुनुपर्दैन भन्ने मान्यता छ। कालरात्रिलाई विशेष गरी राता तथा सबै प्रकारका सुगन्धित पुष्प चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको स्वरूप मानिन्छ।

    यस दिन आठ वर्षकी कन्यालाई ‘ शाम्भवी देवी ’का नामले पूजा गरी विशेष रूपमा छाता र फूल माला चढाउने परम्परा छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।

    धर्मशास्त्र अनुसार :
    रम्भाकच्चु हरिद्रा च जयन्ती विल्वदाडिमौ,
    अशोकौ मानकश्चैव धान्यानि नवपत्रिका।

    ’अर्थात् केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्ती नवपत्रिका वा फूलपाती भनेर शास्त्रमा उल्लेख छ।

    यी फूलपाती साइत हेरेर दशैँघरमा भित्र्याउने गरिन्छ। यी नौ पातहरूमा क्रमशः ब्रह्माणी, रक्त चण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक-एक गरी आह्वान गरेर सोह्र सामाग्रीले पुजिन्छ । एक समयमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए ।

    यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरवारको दसैँ घरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई हनुमान ढोका दरवारमा भित्र्याइन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology