Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘प्रहरीले अत्याधिक बल प्रयोग गरेर नागरिकको ज्यान जानु निन्दनीय,राज्यले संयमता गुमाउनु हुन्न’: शान्ति समाज

‘प्रहरीले अत्याधिक बल प्रयोग गरेर नागरिकको ज्यान जानु निन्दनीय,राज्यले संयमता गुमाउनु हुन्न’: शान्ति समाज

  • 3.7K
    SHARES

  • ‘प्रहरीले अत्याधिक बल प्रयोग गरेर नागरिकको ज्यान जानु निन्दनीय,राज्यले संयमता गुमाउनु हुन्न’: शान्ति समाज

    बुटवल,असाेज २५ ।

    चारजना नागरिकको ज्यान जानेगरि रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    रुपन्देहीको बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार स्थानीय र प्रहरीबिच झडप हुँदा अहिलेसम्म ४ जनाको मृत्यु भएको थियाे । साे  घटनामा दर्जनौं प्रहरी तथा केहि सञ्चारकर्मी समेत घाइते हुनु दुखद रहेको भन्दै प्रहरीले अत्याधिक बल प्रयोग गरि नागरिकको ज्यान जानु निन्दनीय कार्य भएको समाजको ठहर छ ।

    हरेक नागरिकको जीवनको रक्षागर्ने अभिभावकत्व जिम्मेबारी पनि राज्य कै भएको र जस्तोसुकै परिस्थितीमा पनि राज्यले संयमता गुमाउन नहुने शान्ति समाजका सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

    साे घटनाको कारक तत्व जग्गा प्रकरणमा सम्बन्धमा सम्बन्धित निकाय,राजनैतिक दल ,नागरिक समाज,तथा अन्य सरोकारवालाहरुसंग बिस्तृत छलफल र परामर्श गरि गहन संवादगरि शान्तिपूर्वक निकास निकाल्न प्रशासन समक्ष आग्रह गरेको जिल्ला सभापति खनालले बताए ।

    ’उक्त घटनामा घाइते भएका सम्पूर्ण ब्याक्तिहरुको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेबारी राज्यलाइ लिन र घटनाको निश्पक्ष छानबिन गर्न सरकारसमक्ष आग्रह गर्दछौं ।’-बिज्ञप्तिमा भनिएको छ ।

    यस घटनाद्वारा उत्पन्न भएको बिषम परिस्थितीमा मोतिपुर क्षेत्रमा शान्ति सुब्यबस्था कायम गर्ने,त्रसित नागरिकको जीवनलाइ सामान्यीकरण गर्न सबै सरोकारवाला समक्ष समाजले बिशेष आग्रह गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

    साे घटनालाइ अध्ययन,अनुगमन गर्दै आइरहेको समाजले जनाएको छ ।santi samaj.jpg                                                                                                                

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology