Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा “बृहत् यौनिकता शिक्षा” सम्बन्धी तीन दिने अनलाइन तालिम

बुटवलमा “बृहत् यौनिकता शिक्षा” सम्बन्धी तीन दिने अनलाइन तालिम

  • 6.7K
    SHARES

  • बुटवलमा  “बृहत् यौनिकता शिक्षा” सम्बन्धी तीन दिने अनलाइन तालिम

    बुटवल,असोज १५ - 

    नेत्रहीन युवा संघ नेपालको आयोजना र नेत्रहीन युवा संघ नेपाल रुपन्देहीको ब्यबस्थापनमा “बृहत् यौनिकता शिक्षा” सम्बन्धी तिन दिने अनलाइन तालिम सम्पन्न भएको छ ।
    उक्त तालिम, दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई जुमको माध्यम बाट दिएको थियो । आश्विन १२ गते देखि सुरु भएको तालिम, यौन, यौनिकता र लैङ्गिकता जस्ता विषयवस्तुहरूमा केन्द्रित थियो ।

    तालिममा स्वास्थ्य परियोजनाका कर्मचारी कविता बस्नेत र निलु महर्जनले प्रत्यक्ष रुपमा अनुगमन ,परामर्श तथा सरसल्लाह प्रदान गर्नुभएको थियो। तीन दिने तालिममा प्रशिक्षक किसोर आचार्य र लक्ष्मी पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

    सहजकर्ताहरुले यसभन्दा पहिलै केन्द्रिय कार्यालय को आयोजनामा दश दिन सम्म संचालन भएको बृहत् यौनिकता शिक्षा सम्बन्धी तालिम लिनु भएको थियो ।उक्त तालिममा झापा , काठमाडौ, कास्की र रुपन्देही जिल्ला बाट शारिरिक, दृष्टि र सुनाइ सम्बन्धी अपाङ्गता भएका २-२ ब्यक्तिहरुलाई छनोट गरि तालिम दिएको थियो, जसमा रूपन्देही जिल्ला बाट हाल सम्पन्न भएको तालिमका सहज कर्ता किशोर आचार्य र लक्ष्मी पाण्डेय छनोटमा पर्नु भएको थियो ।
    आफ्नो क्षेत्रमा रहेका १३ देखि २५ बर्ष उमेर समुहका अपाङ्गता भएका किशोर-किशोरी तथा युवाहरुमा पुनर्ताजगी तालिम स्वरुप रुपन्देही जिल्लामा २५ जनाको सहभागिता मा तालिम संचालन गरिएको थियो ।

    तालिममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, एवं बृहत यौनिकता शिक्षा र तेसका आठ अवधारणाको विषयमा छलफल गरिएको कुरा प्रशिक्षक द्वय किशोर आचार्य र लक्ष्मी पाण्डेयले बताउनुभएको छ ।

    जस अन्तर्गत किशोरावस्था र उनीहरूको आवश्यकता, बृहत् यौनिकता शिक्षा र यसको औचित्य, लैङ्गिकताको समझ, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयहरूमा छलफल गरि, स्वास्थ्य र निरोगी ताका लागि सीपहरू समेत सिकाइएको थियो ।

    त्यस्तै बढ्दै गइरहेको हिंसा, सहमति, गोपनीयता र शारीरिक अखन्दता, र सूचना एवं संचार प्रविधिहरूको सुरक्षित प्रयोगबारेमा छलफल गरि, हिंसा र यसबाट सुरक्षित रहने कुराहरूको विषयमा सहजीकरण गरिएको थियो ।

    केही चुनौती र कठिनाइहरू देखिए पनि, तालिम सहज, मर्यादित र सफल्तापूर्वक सम्पन्न भएको बताउँदै, यस्तै खालका कार्यक्रमहरू सञ्चालन गर्न आफ्नो संस्था र तहबाट आफू सधैँ लाग्ने कुरा नेपाल नेत्र हीन युवा सँग, रुपन्देही शाखाका अध्यक्ष टीकाराम पौडेलले जानकारी दिनुभयो ।त्यस्तै तालिम व्यवहारिक,उपयोगी, प्रभावकारी भएकाे सहभागी, भूमा खरेल, कुशल आचार्य र लिला पाण्डेयले बताए ।

    तालिम समुद्घाटन रुपन्देही अध्यक्ष टिकाराम पौडेलले गर्नु भएको थियो भने सन्चालन लक्ष्मी पाण्डेले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology