Logo बुधवार, श्रावण १३ गते २०८३
images

राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

  • 4.2K
    SHARES

  • राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

    बुटवल,असोज २५ ।

    राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित भएका छन्। बुटवलमा सम्पन्‍न २२ औं राष्ट्रिय सम्मेलनले कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिएको हो। कुँवर यसअघि उपाध्यक्ष थिए।

    सम्मेलनले उपाध्यक्षद्वयमा गणेश अधिकारी, नविन पाण्डे तथा महासचिवमा सुवास जिसि सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै सचिवमा सरोजमान सिंह, इन्द्रमणि पाण्डे, कोषाध्यक्षमा प्रतिभा आचार्य निर्वाचित भएको निवर्तमान अध्यक्ष बिमल पोखरेलले नागरिक अनलाइनलाई जानकारी दिए।

    यसैगरि सचिवालय सदस्यहरुमा चोप बहादुर विक, हेमराज भट्ट, हरि बुढा, इन्द्रमणि पाण्डे, भीमराज जोशी छन्। यसैगरी केन्द्रीय सदस्यहरुमा देवेन्द्र पौडेल, पुरन पोखरेल, खगेन्द्र विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेल्बासे, ऋषि आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्यसहित ३५ सदस्यीय कमिटी चयन भएको छ। 

    शुक्रबारदेखि सुरु भएको सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले उद्घाटन गरेका थिए। akhil.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology