Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् : प्रदेशभरमै ठूलो,१७ जना मन्त्री !

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् : प्रदेशभरमै ठूलो,१७ जना मन्त्री !

  • 3.5K
    SHARES

  • लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् : प्रदेशभरमै ठूलो,१७ जना मन्त्री !

    बुटवल,असोज २४ ।

    लुम्बिनी प्रदेशमा १७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। सातै प्रदेशमध्ये लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को आकार सबैभन्दा ठूलो हो। बुधबार १० मन्त्रीले सपथ लिएका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीको संख्यामा पनि सातै प्रदेशलाई उछिनेका छन्।

    प्रदेश मन्त्रिपरिषद्‌मा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री सहित चार मन्त्री र दुई राज्यमन्त्री छन्। नेपाली कांग्रेसको तर्फबाट चार मन्त्री र दुई राज्यमन्त्री छन्। त्यस्तै, जसपा तीन र एकीकृत समाजवादीका एक मन्त्री भएका छन्। त्यस्तै एक जना स्वतन्त्र सांसद् पनि मन्त्री बनेका हुन्।

    नेपालको संविधानमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को अधिकतम् सीमा संख्या तोकिएको छ। संघीय सरकार बढीमा २५ सदस्यीय हुनसक्छ। प्रदेश सभामा भने प्रदेश सभाको २० प्रतिशत मात्रै मन्त्री बन्न सक्छन्।

    अहिले प्रदेश १ मा ८, प्रदेश २ मा १२, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा ११, कर्णालीमा ८  र सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिपरिषद् छ।

    संविधानको धारा १६८ (९) मा भनिएको छ-प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यहरुमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने छ।

    यस प्रावधान अनुसार, लुम्बिनी प्रदेशमा मन्त्री बन्न सक्नेमध्ये अधिकतम् संख्या पुगिसकेको छ। लुम्बिनी प्रदेश सभाको आकार ८७ सदस्यीय छ।

    केसीले २०७८ साउन २८ गते मुख्यमन्त्रीमा बहुमत सांसद्को हस्ताक्षरसहित नियुक्त भएका थिए । 

    लुम्बिनीको मन्त्रिपरिषद् :

    1. कुलप्रसाद केसी-मुख्यमन्त्री,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    2. डिल्लीबहादुर चौधरी-मन्त्री पर्यटन, ग्रामिण तथा सहरी विकास
    3. कृष्णध्वज खड्का,मन्त्री आर्थिक मामिला तथा सहकारी
    4. सहसराम यादव - मन्त्री भौतिक पूर्वाधार विकास
    5. तिलकराम शर्मा मन्त्री-आन्तरिक मामिला तथा सञ्चार
    6. इन्द्रजीत थारु-मन्त्री स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण
    7. वीरबहादुर राना-मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
    8. सुरेन्द्र बहादुर हमाल-मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    9. अजय शाही-मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    10. रमा घर्ती- मन्त्री कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    11. सुमन शर्मा रायमाझी-मन्त्री कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था
    12. पूर्मति ढेंगा-मन्त्री श्रम रोजगार तथा यातायात व्यवस्था
    13. बसीउद्दीन खाँ-मन्त्री शिक्षा, विज्ञान, युवा तथा खेलकुद
    14. विमला कुमारी खत्री राज्यमन्त्री-स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण
    15. अर्जुन कुमार श्रेष्ठ-राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
    16. सुष्मा यादव-राज्यमन्त्री कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था
    17. रिना नेपाल विक ,राज्यमन्त्री कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology