बुटवल,असाेज २४ ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको समाचार सङ्कलन गर्न गएका पत्रकारमाथि आक्रमण भएको छ। सुकुम्वासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने आन्दोलनकारीहरूले पत्रकार दिनेश ज्ञवाली (विश्व) लाई कुटेका हुन्।
उनको टाउको र हातमा गहिराे चाेट लागेको छ । तिलाेत्तमा ४ निबासी २५ बर्षिय पत्रकार ज्ञवालीले बुटवल अस्पताल प्रालिमा पहिलो चरणको उपचारपछि सिटी स्क्यान लगायतका उपचारका लागि अहिले गौतमबुद्ध मुटु अस्पतालमा लगिएको छ ।
झडपको भिडियो खिचेको भन्दै जागरण पाेष्ट अनलाइन ,लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत ज्ञवालीलाई कुटपिट गरेका छन्। ‘प्रेस हाे भनेर काड देखाउँदा देखाउदै म माथि आइलागे,म भाग्दा लडेँ मेराे माेवाइल पनि हरायाे ,उनले पछि २ जनाले थप कुटपिट हुनबाट बचाँए’- उनले नागरिक अनलाइनसग भने ।
साेही झडपमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य सुरेश परियार,खस्यौली एफएमा कार्यरत सञ्चारकर्मी कृष्ण पाण्डेलाइ पनि आक्रमण गरेपनि उनीहरु भागे जाेगिएका थिए । प्रहरी र आन्दोलनकारीले समाचार संकलनमा रोक लगाएको उनीहरुको गुनासो छ । यस्तै झडपका क्रममा पत्रकार तथा सञ्चारकर्मीमाथी भएको आक्रमण, धरपकड र दुव्र्यवहार प्रती नेपाल पत्रकार महासंघ रुपन्देहीले गम्भिर ध्यानआर्कषण भएको जनाएको छ ।
स्वतन्त्रतापूर्वक जनतालाई सुसुचित गराउन फिल्डमा रिर्पोटिङ गर्न गएका पत्रकारमाथि प्रहरी र सर्वसाधरणले सञ्चारकर्मीलाई आतंकित पार्दै रिर्पोटिङ गर्नमा लगाइएको रोक, आक्रमण र दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गर्दै सुरक्षाको प्रत्याभूती दिलाउन महासंघ जोडदार माग गरेको सचिब बिनोद परियारद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
नेपाल प्रेस युनियन,प्रेस चाैतारी नेपाल, प्रगतिशील पत्रकार संघ लगायतका संगठनले बिज्ञप्ति जारी गरेर घटनामा पत्रकारमाथि भएको दमनको घाेर भ्रत्सना गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)